६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.५३ अंकले घटेर २६४४.७० को बिन्दुमा बन्द भएको छ । मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ। १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको सेयर कारोबार भएको हो । यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन ६ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १५:१६












