पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक
१६ मंसिर, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृ शोक परेको छ । उहाँका पिता कुलबहादुर श्रेष्ठको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि दम, मधुमेह र मुटुसम्बन्धी समस्या झेल्दै आउनुभएका ९५ बर्षीय श्रेष्ठलाई शारीरिक रुपमा केही असहज भएपछि उपचारका लागि आजै बिहान नर्भिक अस्पताल पु¥याइएको थियो । स्व श्रेष्ठका श्रीमती, तीन छोरी र तीन छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंकार गरिने परिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १४:४४












