२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

१६ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् । चितवन राइनाेजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर शर्मिला विक घाइते बनेकी हुन् ।

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १४:४१