२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सेयर बजारमा सामान्य अंकको गिरावट, ४ अर्ब ७१ करोडकाे काराेबार

१५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से ४.२८ अंकले घटेर २६४५.२४ काे बिन्दुमा बन्द भएकाे छ ।

सोमबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । साेमबार युनाईटेड मोदीको सर्वाधिक कारोबार भएको छ। यस दिन २७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १५:१७