साेमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
१५ मंसिर, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य अंककाे गिरावट अाएकाे छ । यस दिन नेप्से ४.२८ अंकले घटेर २६४५.२४ काे बिन्दुमा बन्द भएकाे छ ।
सोमबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।
साेमबार युनाईटेड मोदीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि, बन्दीपुर, नेपाल रि, एनआरएन इन्फ्रस्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिष्टीलरी, आशा लघुवित्त र स्टान्डर्ड च्याटर बैंकको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १५:१२










