बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा लगानी गर्ने अवधि घट्याे
१५ मंसिर, काठमाडौं । सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई ६ महिना कायम गरिएको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । ‘सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई ६ महिना कायम गरिएको छ ।’, मौद्रिक नीतिको समिक्षामा भनिएको छ ।
त्यसैगरी, सेयर खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्ममात्र बिक्री गर्न सक्ने व्यवस्था खारेज गरिएको छ ।
प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १२:०६












