बैंकहरुलाई शाखा समायोजन गर्न बाटो खुल्यो
१५ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
विद्युतीय कारोबार बढ्दै गएकोले महानगरपालिकाभित्र धेरै शाखा रहेका बैंकहरुले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन गर्ने केन्द्रीय बैंकले बाटो खोलिदिएको हो ।
‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ समीक्षामा उल्लेख छ ।
प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:४९












