नीतिगत दर घट्यो, ब्याजदर अझै घट्ने सम्भावना
१५ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको छ । सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकले नीतिगत दर घटाएको जनाएकाे छ ।
यसअघि ४.५० प्रतिशत रहेको नीतिगत दर अब ४.२५ प्रतिशत कायम गरिएको छ । त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुले ब्याजदर थप घटाउन सक्ने भएको हाे ।
प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:२७












