कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
१५ मंसिर, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकको संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पिन आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १०:२८












