१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आगामी निर्वाचनका लागि थपिए १६८ नयाँ मतदानस्थल, ९३ खारेज

१४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि १६८ वटा मतदानस्थल थप गरेको छ। आयोगले आइतबार १६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराई बताउनुभयाे ।

उहाँका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ । यसबाट साविकमा कायम १० हजार ८९२ मा ७५ वटा मतदानस्थल थपिएर अब देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको हो।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १८:०३