२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

आज हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१४ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा बन्द भएको छ । आज ४५ कम्पनीको सेयरमूल्य बढेको छ । २११ कम्पनीको सेयरमूल्य घटेको छ भने एक कम्पनीको स्थिर रहेको छ ।

आज ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे २३ करोड ५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्टको २१ करोड ८१ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको २१ करोड ३५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २१ करोड २४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १५:१२