२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेकपाको सभामा व्यवसायीको विरोध

१४ मंसिर, काठमाडाैं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराको चिप्लेढुंगामा सभा राखेपछि स्थानीय व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।

राजनीतिक दल तथा विभिन्न समूहले नारा, जुलुससहित उक्त स्थानमा सभा राख्दा व्यवसाय चौपट भएको भन्दै स्थानीय व्यवसायीले विरोध गरेका हुन्। उनीहरूले ‘गरिखान देउ’ ‘व्यापारी मार्न पाइँदैन’, ‘व्यवसाय चल्न देऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

उक्त स्थलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 14:54