१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

गैरआवासीय नेपाली संघको एकता घोषणा

१४ मंसिर, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।

लामो समयदेखि विवाद र विभाजनमा फसेको एनआरएनए आइतवार प्रधानमन्त्री कार्कीको रोहवरमा वृहत एकता घोषणा कार्यक्रम गरिएकाे हो । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने, महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने, निर्वाचन र मोनिटरिङ समिति बन्ने लगायतका सहमति भएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १२:१३