४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

हुलास फिनसर्भको वार्षिक साधारण सभा सम्पन्न

१४ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

मंसिर १२ गते दिउँसो ३ बजे भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध एजेन्डाहरू पारित गरेको कम्पनीले जनाएको छ। सभामा संचालक समितिका अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको छ।

यस्तै, सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, संचालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने शेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ। साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १२:०५