पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश
१२ मंसिर, काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएकाे छ । पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गर्नुभएकाे हाे ।
पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित रास्वपाको नेताहरूले पार्टीमा स्वागत गर्नुभयाे ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १७:१५












