नेपाल एयरलाइन्सका दुई पाइलट ग्राउन्डेड
१२ मंसिर, काठमाडौँ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ।
क्यानले शुक्रबार निगमलाई पत्र लेखेर वाइडबडी विमानका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडान रोक्न निर्देशन दिएको हो।प्राधिकरणका अनुसार उडानको क्रममा फोटो वा भिडियो खिच्न नहुने उड्डयन सुरक्षा मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ । दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएकाे हाे ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १५:२०












