२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

हिमालयन लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१२ मंसिर, काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १३:०६