११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एक हजारका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर

१२ मंसिर, काठमाडाैं । एक हजार दरका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङले टेण्डर पाएको छ।

टेण्डर पारेको चिनियाँ कम्पनीसँग नेपाल राष्ट्र बैंकले करार सम्झौता गरेको छ। कम्पनीले एक करोड ६९ लाख डलर (करीब दुई अर्ब ३९ करोड रूपैयाँ) मा नोट छाप्ने ठेक्का पाएको हो।

यसअघि सेप्टेम्बर २५ मा प्रि–बिडिङ हुने भन्दै राष्ट्र बैंकले २१ अक्टोबरसम्म बोलपत्र पेस गर्न समय ताकिएको थियो। हाल छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति : November 28, 2025 at 11:34 am