२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अमेरिकाले १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने

१२ मंसिर, काठमाडाैं । अमेरिकाले १९ वटा देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।

अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूले पाएको ग्रीन कार्ड ग्रीन कार्ड पुनरवलोकन गर्ने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

बुधबार राजधानी वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको सिएनएनले जनाएको छ।

प्रकाशित मिति : November 28, 2025 at 10:41 am