लाभांश पारित गर्न आशा लघुवित्तले बाेलायाे साधारण सभा
१२ मंसिर, काठमाडाैं। आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बाेलाएकाे छ। मंसिर ११ गते बिहिबार बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।
बैठकले आगामी पुस ४ गते धुलिखेलमा रहेको होटल अरनिकोमा दिनको २ बजेदेखि सभा बाेलाएकाे छ । उक्त सभामा सेयरधनीहरुलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वित्तीय स्थितिको विवरण तथा नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : November 28, 2025 at 10:00 am









