नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन
१२ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो ।
यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३१८.५५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२८.९० रुपैयाँ कायम थियो ।
बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३३७.८५ रुपैयाँ कायम भएको छ । समायोजन हुुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३.९० रुपैयाँ कायम थियो ।
त्यस्तै, सर्वोत्तम सिमेन्टको ५ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ८७०.३८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१३.९० रुपैयाँ कायम थियो । ङादी ग्रुप पावरको ५ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३७९.५७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९७.६० रुपैयाँ कायम थियो ।
त्यस्तैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत सेयरमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंककाे सेयरमूल्य प्रतिकित्ता ४११.६५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम थियो । यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ०९:२३












