धरौटी बुझाएर रिहा भए कृष्णबहादुर महरा
११ मंसिर, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर महरा केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार महरा असोज २९ देखि पुर्पक्षको लागि कारागारमा थिए । बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १७:३९












