३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रधानमन्त्री कार्की र लाेसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, यी विषयमा भयो छलफल

११ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर आज प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार आउनुभएको थियो। प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिनुभयो। उहाँले भन्नुभयो, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो।’

उहाँले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गर्नुभयो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १७:३५