२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

२० लाख कित्ता आईपीओ निष्कासन गर्दै भुजुङ्ग हाईड्रोपाव, बोर्डबाट पायो अनुमति

११ मंसिर, काठमाडौं। भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति प्राप्त गरेको हो ।

बोर्डले कम्पनीलाई रु.१०० अंकित दरमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न स्वीकृती दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:४३