कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
११ मंसिर, काठमाडाैं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हाे ।
गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई पक्राउ गरेको थियो । जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध महरा उच्च अदालत पाटनमा पुगेका थिए।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:०५












