मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने
११ मंसिर, काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको हो ।
त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गर्नुभएको थियो । नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गर्नुभएको छ । खातुन नेपाली मानव अधिकारकर्मी समेत हुनुहुन्छ ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १५:५२












