अन्तिम कारोबारको दिन पनि बढ्यो नेप्से, ६ अर्ब ६६ करोडको कारोबार
११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर सुधार आएको छ । यस दिन नेप्से १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा बन्द भएको छ । यस दिन ३३१ कम्पनीको सेयरमूल्य बढको छ । १२१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.७८ प्रतिशत घटेको छ। उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड १७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १५:२१












