२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर सुधार आएको छ । यस दिन नेप्से १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा बन्द भएको छ । यस दिन ३३१ कम्पनीको सेयरमूल्य बढको छ । १२१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड १७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको १५ करोड ७८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १५:१२