२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

जसपा मधेश प्रदेशका अध्यक्ष यादवले दिए राजीनामा

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै  यादवले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका घोषणा गरेका छन् । वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा अधिकारको रक्षा सम्भव नरहेको भन्दै यादवले पार्टी परित्याग गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १३:२२