रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
११ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो ।
रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १२:३३












