प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से
११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा ४.५० अंकले बढेर २६७०.१० विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६० स्टकको ११९ पटकको कारोबारमा ३६ लाख ७ हजार ९१ रुपैयाँ ३७ पैसाबराबरको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १०:५६












