दुई कम्पनीको सेयरमूल्य समायोजन
११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर मूल्य समायोजन भएकाे छ । नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको सेयरमूल्य समायोजन भएको हाे। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले एनआरएनको ४० प्रतिशत र शिवम् सिमेन्ट्सकाे २.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको सेयरमूल्य १ हजार ३८२ रुपैयाँ २१ पैसा कायम भएको छ भने शिवम् सिमेन्ट्सको ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। बुधबार दोस्रो बजारमा एनआरएनको सेयर प्रतिकित्ता १ हजार ९३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो भने शिवम् सिमेन्ट्सको सेयर प्रतिकित्ता ६१५ रुपेयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ०९:२९












