बसले स्कुटरलाई ठक्कर दिँदा धादिङकी निताको मृत्यु
१० मंसिर, धादिङ । बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ । बुधबार दिउँसो धुनिवेशी नगरपालिका-९ स्थित सडकमा बा.प्र.०१-००६ ख २२९७ नम्बरको बसले बा.प्र.०२-०४५ प ४४३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थाक्रे गाउँपालिका-८ बस्ने ४१ वर्षीया निता गजुरेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १७:१२












