३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एमालेले दिएको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ गते पेसी

१० मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ। मंगलबार एमालेका नेताहरू महेश बर्तौला र सुनीता बरालले पेस गरेको रिट बुधबार दर्ता भएको हो।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयलाई विपक्षी बनाइएको छ। रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ।

प्रकाशित मिति : 16:58