कुलमान र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नमा चुनाव लड्ने
१० मंसिर, काठमाडाैं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच चुनावमा सहकार्य हुने भएको छ। यी दुई दलले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने भएका हुन् ।
‘बलिरहेको चिम’ चुनाह चिह्न प्रयोग गर्नेबारे सहमति भएको बताइएकाे छ । बलिरहेको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो। खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न ‘लाइक’ छ। दुई दलले आपसमा भएको सहमति र चुनावको प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिन लागेको छ ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:५०












