२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

लगातार चौथो दिन बढ्यो सेयर बजार, ६ अर्ब ६९ करोडकाे काराेबार

१० मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.६१ अंकले बढेर २९६५.६० को बिन्दुमा बन्द भएको छ । बुधबार १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री भई ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य यस दिन ३.९४ प्रतिशत घटेको छ।

यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:२५