एमाले महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्द सत्र भृकुटीमण्डपमा
१० मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।
आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो । महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १३:०४












