चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
१० मंसिर, काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् ।
ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १२:३३












