२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

नारायणी डेभलपमेन्ट बैंकको ६ लाख २१ हजार कित्ता सेयर लिलाममा

१० मंसिर, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको अविरतिर हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो।

 बैंकले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । सेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बोलपत्र मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनु पर्नेछ ।

यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोलब आइएमई क्यापिटल लिमिटेडको साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइँनेछ र सोही स्थानमा बुझाउन सकिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:२७