आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१० मंसिर, काठमाडौँ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार स्थानिय बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।
यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:११












