११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० मंसिर, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीहरुले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछन्।

यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी दुई कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआरएनले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै, शिवम् सिमेन्टले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ।

प्रकाशित मिति : November 26, 2025 at 9:13 am