११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै एमाले

९ मंसिर, काठमाडाैं । नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न मंगलबार निर्वाचन आयोग जाँदैछ। आज दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताउनुभयाे ।

एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।

प्रकाशित मिति : November 25, 2025 at 12:21 pm