पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई रिलायन्स फाइनान्सकाे आग्रह
९ मंसिर, काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्ष को लिन बाँकी लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त नगद लाभांश बुझिलिनु पर्नेछ । साथै, उक्त अवधिभित्र पनि सो लाभांश बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार ११:२५













