सुनको मूल्य एकै दिन ५ हजार २०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
९ मंसिर, काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य भारी अंकले बढेको छ । मंगलबार एकै दिन सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी यस दिन ८५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १०:५७












