नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
९ मंसिर, काठमाडाैं। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि रु.१०० अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई तथा लक्ष्मी सनइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ का बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मंसिर ८ गते काठमाडाैंकाे नयाँ बानेश्वर द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएकाे छ ।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।
कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह छन्। सम्झौता समाहरोहमा कम्पनीका सेयरधनी विजय बहादुर शाह र मल पन्थीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : November 25, 2025 at 10:28 am









