२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

शान्ता प्लाईवुडले आईपीओ निष्कासन गर्ने

९ मंसिर, काठमाडौं । शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २८ गते नवलपरासीको जमुवार्डमा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिनको १२ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन गर्ने र सो सम्बन्धि आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको पूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष पस्तावहरु पारित हुनेछ ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा वित्तीय विवरणहरु अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनी सचिवको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : November 25, 2025 at 9:20 am