११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

१७ लाख २३ हजार कित्ता आईपीओ निष्कासन गर्दै सालपा विकास बैंक

८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले सोमबार बैंकलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।

अब बैंकले १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्ने छ। बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : November 24, 2025 at 5:27 pm