१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

टिम भेञ्चर्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

८ मंसिर, काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

काठमाडाैंकाे नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच आईपीओ निष्कासन गर्न औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १६:५९