नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ४७.२२ अंकले बढेर २६४७.४४ अंकले बढेको छ । यस दिन ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे २४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडकाे कारोबार भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १५:१८










