इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
८ मंसिर, काठमाडाैं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थागत समूहको ५ हजार ७५० कित्ता सेयर बिक्रीमा राखेकाे हाे । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका साथै आम सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैडाकोटमा रहेको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ११:३७












